Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र 

डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र 

  • 998
    SHARES
  • डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र 

    लन्डन । बेलायतमा हाल कोरोना भाइरसको डेल्टा भेरिएन्ट फैलिएको ब्ल्याकबर्न र डार्बेन सहरमा खोप लगाउनका लागि स्वास्थ्यकर्मीको सहयोगका लागि सयौं सैनिक परिचालन गरिएको छ । ब्ल्याकबर्नका ५५ खोप केन्द्रमा कोरोनाको परीक्षण र खोप लगाउने काम तीव्र बनाइएको छ । 

    ती क्षेत्रमा सेनाका १४४ चिकित्सकका अतिरिक्त ७७ अधिकारीहरू काेराेना परीक्षणका लागि खटाइएका छन् । यसबाहेक १९ वटा रेजिमेन्ट रोयल आर्टिलरीका ५५ जना कर्मचारीले पनि परीक्षणमा सहयोग पुर्‍याइरहेका छन् ।

    विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) युरोपका निर्देशक डाक्टर हेन्स क्लुजले युरोपेली मुलुकमा डेल्टा भेरिएन्टलाई लिएर गम्भीर चेतावनी दिएका छन् । उनले यस भेरिएन्टबाट युरोपका सबै क्षेत्र प्रभावित हुन सक्ने बताएका छन् । 

    साथै वैज्ञानिकहरुले पनि केही दिनदेखि बेलायतमा बढ्दो संक्रमणदर देखेर तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताएका छन् । जनसंख्याको करिब २.७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा बेलायतमा संक्रमण दर बढेको देखिएको छ । हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब एक सय जनामा कोरोना संक्रमण देखिन थालेको छ ।     

    डेल्टा प्रजातिका नयाँ संक्रमितहरु थपिने क्रम जारी नै रहेकोले बेलायत तेस्रो लहरको चपेटामा पर्न सक्ने क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका छन् । बेलायतमा यतिवेला दैनिक ६ हजार आसपासमा कोरोना संक्रमण देखिएको छ । 

    प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना संक्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुँदै जानेछन् । बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोरोना भाइरसको बेलायती भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij