Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु

बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु

  • 204
    SHARES
  • बसले कारलाई ठक्कर दिँदा दुईको मृत्यु

    बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका-८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    images

    धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ ।

    दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रूपन्देहीको बुटवल उपमहानगरपालिका-५ बस्ने  करिब ५४ वर्षीया डा.सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

    प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology