Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

द्वन्द्वग्रस्त टिग्रे क्षेत्रका ५६ हजार बालबालिका चरम भाेकमरीकाे संकटमा

द्वन्द्वग्रस्त टिग्रे क्षेत्रका ५६ हजार बालबालिका चरम भाेकमरीकाे संकटमा

  • 953
    SHARES
  • द्वन्द्वग्रस्त टिग्रे क्षेत्रका ५६ हजार बालबालिका चरम भाेकमरीकाे संकटमा

    आदिस अबाबा । संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिग्रे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ ।

    युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ ।

    संयुक्त राष्ट्रसंघीय कार्यक्रम युनिसेफले सोमबार सो कुराको जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् । उक्त कार्यक्रमका अनुसार सो क्षेत्र इथियोपियाको द्धन्द्धग्रस्त क्षेत्रका रुपमा रहेको छ । सो क्षेत्रमा निकै लामो समयदेखि जातीय विद्रोही समूहले हिंसा गरिरहेको छ ।

    यसैकारणले सो क्षेत्रमा मानवीय सहायता पनि पुर्याउन सकिएको छैन । ती बालबालिका र उनीहरुका आमाबुबाको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सो क्षेत्रमा आवश्यक खाद्य सहायता पुर्याउनु पर्ने बताइएको हो ।

    युनिसेफकी कार्यकारी निर्देशक हेनरिटा फोरले सो क्षेत्रमा सहयोगका पुर्याउने कामको समन्वयका लागि र सहयोग दिनका लागि इथियोपियाको सरकार र अरु विश्वका दाताहरुमा आग्रह गरेकी छन् । 

    उनले उत्तरी इथियोपियामा कम्तीमा पनि २२ लाख मानिस सहयोगको आशामा रहेका बताइन् । उनले ती सबै नागरिकलाई सहयोग आवश्यक रहेको र उनीहरुको सहयोगका लागि आवश्यक वातावरण बनाएर उद्धार गरेर त्यहाँ सहयोग पुर्याउन सकेमा मात्र ३३ हजार बालबालिकाको ज्यान बचाउन सकिने जानकारी दिएकी थिइन् । 

    इथियोपियाको टिग्रेमा अमेरिकाले अस्थिरता निम्त्याएको इरिट्रियाको आरोप  इथियोपियाको टिग्रेमा अमेरिकाले अस्थिरता निम्त्याएको इरिट्रियाको आरोप  द्वन्द्वग्रस्त टिग्रे क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फर्कन थाले  द्वन्द्वग्रस्त टिग्रे क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फर्कन थाले  टिग्रेका युद्धपीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान टिग्रेका युद्धपीडित ३८ लाख नागरिकलाई मानवीय सहायता प्रदान

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij