Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बेलुनबाट विस्फोटक पदार्थ पठाएको भन्दै गाजामा इजरायलबाट पुनः हवाई आक्रमण 

बेलुनबाट विस्फोटक पदार्थ पठाएको भन्दै गाजामा इजरायलबाट पुनः हवाई आक्रमण 

  • 909
    SHARES
  • बेलुनबाट विस्फोटक पदार्थ पठाएको भन्दै गाजामा इजरायलबाट पुनः हवाई आक्रमण 

    जेरुसेलम । इजरायलले गाजा पट्टीमा हमासलाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको छ । इजरायल डिफेन्स फोर्सका अनुसार गाजा पट्टीबाट बेलुनमा विस्फोटक पदार्थ राखेर दक्षिणी क्षेत्रमा पठाएपछि इजरायलले हवाई कारबाही गरेको हो ।

    गाजा सहर बुधबार बिहान विस्फोटका आवाज सुनिएकाे थियाे । इजरायल डिफेन्स फोर्स आइडिएफले यसका लडाकु विमानहरुले गाजा सहरमा खान युनुस र विद्रोही संगठन हमासको क्षेत्रलाई लक्षित गरेको जनाएको छ ।

    आइडिएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यी ठाउँहरूमा आतंकवादी गतिविधि भइरहेको थियो । गाजा पट्टीबाट जारी आतंकवादी गतिविधिहरूलाई ध्यानमा राख्दै इजरायली सेना युद्ध सुरु गर्ने लगायत सबै प्रकारका परिस्थितिहरूको लागि तयार छ ।'

    इजरायली हमलाबाट गाजा क्षेत्रमा जनधनको क्षति कति भयो भन्ने बारे केही स्पष्ट विवरण प्राप्त भएका छैनन् । हमासको एउटा रेडियो स्टेसनले एउटा तालिम केन्द्र पनि निशानामा परेको जनाएको छ । 

    इजरायलमा हालसालै नयाँ गठबन्धन सरकार गठन भएदेखि इजरायल र हमासको बीच पहिलो हिंसात्मक झडप हो । यसअघि मे महिनामा दुवै पक्षबीच ११ दिनसम्म भयंकर युद्ध भएपछि २१ मेमा युद्धविराम भएको थियो । 

    मंगलबार यहूदीहरुले इजरायलले कब्जा गरेको पूर्वी जेरूसलममा जुलुस निकालेपछि गाजालाई नियन्त्रण गर्ने अतिवादी संगठन हमासले धम्की दिएको थियो । यसपछि आगलागी गराउने क्षमता भएका बेलुन बम पनि भनिने कैयौं बेलुनहरू गाजाबाट मंगलवार इजरायलतर्फ पठाइएका थिए ।

    इजरायली फायर सर्भिसका अनुसार यी बेलुनहरूले दक्षिणी इजरायलमा कम्तीमा २० स्थानमा आगलागी भएका छन् । 

    इजरायल र हमासबीच युद्धविराम इजरायल र हमासबीच युद्धविराम इजरायल युद्धः बमले पूर्वाधार ध्वस्त, गाजामा औषधि, खानेपानी, बिजुली छैन् इजरायल युद्धः बमले पूर्वाधार ध्वस्त, गाजामा औषधि, खानेपानी, बिजुली छैन् इजरायलमा युद्धविराम रोक्न बाइडेनको अपील, युएनमा अमेरिकाको अवरोध कायमै  इजरायलमा युद्धविराम रोक्न बाइडेनको अपील, युएनमा अमेरिकाको अवरोध कायमै  गाजा पट्टीमा इजरायलको हवाई हमला जारी  गाजा पट्टीमा इजरायलको हवाई हमला जारी  इजरायल-प्यालेस्टाइन द्वन्द्वमा ५८ बालबालिकासहित झन्डै २०० को मृत्यु इजरायल-प्यालेस्टाइन द्वन्द्वमा ५८ बालबालिकासहित झन्डै २०० को मृत्यु इजरायली आक्रमणबाट समाचार संस्था एपी र अलजजिराको कार्यालय ध्वस्त [भिडियोसहित] इजरायली आक्रमणबाट समाचार संस्था एपी र अलजजिराको कार्यालय ध्वस्त [भिडियोसहित] गाजा क्षेत्रमा इजरायली हवाई आक्रमण जारी, थप १० जना प्यालेस्टिनीको मृत्यु गाजा क्षेत्रमा इजरायली हवाई आक्रमण जारी, थप १० जना प्यालेस्टिनीको मृत्यु

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij