वेबटिभी खबर
काठमाडौं । इटालीसँग पराजित भए पनि वेल्स युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । समूह चरणअन्तर्गत आइतबार राति भएको समुह ए को खेलमा वेल्स इटालीसँग १-० ले पराजित भए पनि अघिल्लो चरण प्रवेश गरेको हो । समूह चरण अन्तर्गतकै अर्को खेललमा स्विटजरल्याण्डले टर्कीलाई ३-१ ले हराए पनि गोल अन्तरमा अघि रहँदै वेल्स नकआउट चरणमा पुगेको हो ।
यसअघि नै अन्तिम १६ मा पुगिसकेको इटाली समुह चरणमा ९ अंक जोड्दै अपराजित रुपमा अघिल्लो चरण प्रवेश गरेको हो । घरेलु मैदान रोममा भएको खेलमा इटालीले वेल्सलाई १-० गोल अन्तरले हराएको हो । इटालीका लागि खेलको ३९ औँ मिनेटमा माटियो पेसीनाले गरेको गोल नै निर्णायक बन्यो । पेसीनाले मार्को भेराट्टीको फ्रिकिकमा गोल गर्न सफल भएक हुन् ।

समूह चरण अन्तर्गतकै अर्को खेलमा स्विटजरल्याण्डले टर्कीलाई ३-१ गोल अन्तरले पाखा लगायो । अघिल्लो चरण पुग्नका लागि दबाबमा रहेको स्विटजरल्याण्डले टर्कीलाई हराएको हो । समूह चरणका सबै खेलमा पराजित टर्की भने विना अंक बाहिरियो ।
अन्तिम खेलमा टर्कीलाई पराजित गरेको स्विटजरल्याण्डले अघिल्लो चरण प्रवेशको सम्भावना जीवितै राखेको छ । स्विटजरल्याण्डले अब अन्तिम १६ मा स्थान बनाउन अन्य टोलीको नतिजा समेत कुर्नुपर्नेछ । समुह चरणको शीर्ष स्थानमा रहँदै इटाली र वेल्सले अघिल्लो चरणमा स्थान बनाएका छन् । स्विटजरल्याण्डको जितमा जद्रान साकिरीले दुई तथा हरिस सेफेरोभीकले एक गोल गरे ।
सेफेरोभीकले खेलको छैटौँ मिनेटमा गोल गर्दै स्विटजरल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । २६औँ मिनेटमा जद्रानले अग्रता दोब्बर पारे । खेलको ६२औँ मिनेटमा टर्कीका इफान काभेसीले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । तर, त्यसको ६ मिनेटमा नै साकिरिले अग्रता फराकिलो पारे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij