Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

डेल्टा प्लस भेरिएन्टलाई लिएर विश्वभर चिन्ता

डेल्टा प्लस भेरिएन्टलाई लिएर विश्वभर चिन्ता

  • 775
    SHARES
  • डेल्टा प्लस भेरिएन्टलाई लिएर विश्वभर चिन्ता

    काठमाडौं । कोरोना भाइरसको नयाँ भेरिएन्टलाई लिएर विश्वभर चिन्ता बढिरहेको छ । मंगलबार विज्ञहरुले डेल्टा प्लस भेरिएन्ट भारतमा तेस्रो लहरको कारण बन्न सक्ने चेतावनी दिएका छन् ।

    अमेरिकाका सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले पनि अमेरिकामा कोरोना भाइरस नियन्त्रण गर्ने प्रयासमा डेल्टा भेरिएन्ट सबैभन्दा ठूलो खतरा बनेको छ । उनका अनुसार कोरोनाको वास्तविक भेरिएन्टको तुलनामा उत्परिवर्तित भएको डेल्टा भेरिएन्ट दु्रत गतिमा फैलिन्छ । यसले संक्रमितहरुमा गम्भीर लक्षण पनि देखिने बताए । 

    फाउसीले अमेरिकामा लगाइरहेको फाइजर खोप यस भेरिएन्टका लागि प्रभावकारी रहेको बताएका छन् । उनका अनुसार संक्रमण रोक्ने एकमात्र उपाय खोप हो । यसैकारण जतिसक्दो छिटो खोप अभियानको लक्ष्य पुरा गर्न आवश्यक रहेको छ ।

    अमेरिकी सरकारले ४ जुलाईसम्म ७० प्रतिशत युवा जनसंख्यालाई खोप लगाउने लक्ष्य राखे पनि यो कार्यक्रम सुस्त भएको छ । भारतमा डेल्टा भेरिएन्टकै कारण दोस्रो लहर घातक भयो र अब फेरि नयाँ डेल्टा भेरिएन्ट प्लजलाई लिएर चिन्ता सुरु भएको छ ।

    विज्ञहरुले डेल्टा प्लस भेरिएन्ट भारतमा कोरोनाको तेस्रो लहरको कारण बन्न सक्ने चेतावनी दिएपछि सरकारले महाराष्ट्र, मध्यप्र्रदेश र केरलालाई सर्तक रहन र तयारी गर्न निर्देशन दिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले मंगलबार यो भेरिएन्ट विश्वका ९ देशमा भेटिएको पुष्टि भएको बताएका छन् । भारतमा अहिलेसम्म डेल्टा प्लस भेरिएन्टबाट संक्रमित २२ जना भेटिएका छन् । यसमा सबैभन्दा धेरै महाराष्ट्रमा १६ जना छन् । बाँकी मध्य प्रदेश र केरलामा रहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij