वेबटिभी खबर
लन्डन । बेलायतमा कोरोना भाइरससँग सम्बन्धित एउटा अनौठो घटना सार्वजनिक भएको छ । ब्रिस्टल सहरमा बस्ने ७२ वर्षका डेभिड स्मिथलाई कोरोना संक्रमण निको हुन १० महिना लागेको छ । स्मिथ १० महिनासम्म भाइरसबाट संक्रमित रहे । यो अवधिमा उनले ४३ पटक कोरोना परीक्षण गर्दा सबै नतिजा पोजेटिभ आए ।
बिबिसीलाई दिएको एक अन्तर्वार्तामा स्मिथले आफ्नो अनुभव सेयर गर्दै कोरोना भाइरसको संक्रमणका कारण ७ पटक अस्पताल भर्ना भएको बताएका छन् । संक्रमण निको नभएपछि आफूले नै आफ्नो अन्तिम संस्कारको योजनासमेत बनाएको अनुभव सुनाए ।
ब्रिस्टल विश्वविद्यालय र नर्थ ब्रिस्टल एनएचएस ट्रस्टका विज्ञहरुले स्मिथको पुरै शरीरमा सक्रिय भाइरस फैलिएकाले त्यस्तो अवस्था भएको बताए । स्मिथको शरीरमा इनर्जी लेभल निकै कम भएको थियो । उनी राति ५ घण्टासम्म लगातार खोक्थे । उनले आफ्नी श्रीमतीलाई कैयौंपटक ‘अलविदा’ पनि भनिसकेका थिए ।
स्मिथको उपचार दुई एन्टी भाइरल औषधिको मिश्रणबाट गरिएको थियो । अमेरिकी कम्पनी रेजेनरनको औषधि दुई सातासम्म चलाएपछि उनको स्वास्थ्य अवस्था निको हुँदै गइरहेको थियो । उपचारपछि कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो । त्यसको एक सातापछि उनले पुनः परीक्षण गराए । त्यसपछि पनि रिपोर्ट नेगेटिभ भयो ।
यसभन्दा अगाडि बेलायतमा लामो समयसम्म कोरोना संक्रमणसँग लडिरहेका जेसन ब्ल्याकको गत शुक्रबार मृत्यु भयो । ब्ल्याक मार्च २०२० बाट (१४ महिनादेखि) संक्रमित भएका थिए ।
बेलायतमा जाडो मौसममा तेस्रो लहर आउन सक्ने सम्भावना
डेल्टा भेरिएन्ट फैलिएको बेलायतका सहरमा सेना तैनाथ, परीक्षण तीव्र
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij