Logo

२०८०, मंसिर २५ गते सोमवार

२०८०, मंसिर २५ गते सोमवार

images

विद्यालयलाई अनुदानको बस

विद्यालयलाई अनुदानको बस

  • 110
    SHARES
  • विद्यालयलाई अनुदानको बस

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । गाउँपालिका-३ स्थित जनगणपति माध्यमिक विद्यालयलाई ४० प्रतिशत अनुदानमा बस हस्तान्तरण गरेको हो ।

    images

    सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गाउँपालिकाको ४० र विद्यालयको ६० प्रतिशत लगानीमा बस खरिद गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

    उनले भने, ‘सामुदायिक विद्यालयमा विद्यार्थी टिकाइराख्न विद्यालयलाई बस हस्तान्तरण गर्ने योजना बमोजिम हालसम्म चार वटा बस सहयोग गरिएको छ ।’

    यसअघि गाउँपालिका-१ स्थित महेन्द्र माध्यमिक विद्यालय र वडा नम्बर २ स्थित राधा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरिसकेको छ ।

    गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयलाई बस सञ्चालनका लागि ४० प्रतिशत अनुदान दिने नीति ल्याएको थियो ।

    सोही नीतिअनुसार विद्यालयलाई बस सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीको वातावरणमा सहज रूपमा पढाई होस् भन्ने हेतुले गाउँपालिकाले ४० प्रतिशत अनुदान दिएर अन्य दायित्व विद्यालयले बेहोर्ने गरी बस खरिद गरिएको उनको भनाइ छ ।

    विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, विद्यार्थीलाई सहजताका साथ विद्यालयमा आउने वातावरण बनाउन विद्यालयमा अनुदान दिने कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

    यो कार्यक्रमलाई दिगोरुपमा कार्यन्वयन गर्नका लागि विद्यालयले आन्तरिक नियन्त्रण प्रणालीमा विशेष ध्यान दिनुपर्ने र लक बुकको सुरुवात गरी सबै विवरण राख्नुपर्ने उनले बताए ।

    वडानम्बर ४ स्थित मिन माध्यमिक विद्यालयले गत वर्ष नै बस खरिद गरी सञ्चालनमा ल्याइसकेको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology