Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बसमा आगलागी, जलेर पूर्णरूपमा नष्ट

बसमा आगलागी, जलेर पूर्णरूपमा नष्ट

  • 104
    SHARES
  • बसमा आगलागी, जलेर पूर्णरूपमा नष्ट

    काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सडकमा पार्किङ गरी राखेको बसमा आगलागी हुँदा जलेर नष्ट भएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार बलम्बुमा बा ३ ख ६१७३ नंको मिनी बसमा आज आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो ।

    उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।

    प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच, काठमाडौं प्रहरीले विभिन्न मिति तथा समयमा हराएका एवम् चोरी भएका चार थान स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतमा खोजतलासका लागि अनुरोध गरिएका सवारी साधनहरूको खोजतलास गरी फेला परेका स्कुटर जिल्ला प्रहरी परिसर काठमाडौंले धनीलाई हस्तान्तरण गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij