वेबटिभी खबर
ओट्वा । क्यानडामा हालै हिट डोमका कारण १ अर्ब समुद्री जीव मरेको एक अध्यननले देखाएको छ । ब्रिटिश कोलम्बिया विश्वविद्यालयका विशेषज्ञको टिमले गरेको अनुसन्धानअनुसार अत्यधिक तापक्रमका कारण पारिस्थितिक प्रणाली पूर्ण रुपमा प्रभावित भएको छ ।
ब्रिटिश कोलम्बिया विश्वविद्यालयका समुद्री जीवविज्ञानी क्रिस्टोफर हार्लीले एक अर्बभन्दा बढी समुद्री जनावरहरू असाधारण तातोमा मारिएको अनुमान गरेका छन् । भ्यान्कुभर क्षेत्रमा हिटवेभले धेरै क्षति पुर्याएको उनले बताए ।
गत साता पश्चिमी क्यानडा र उत्तरपश्चिमी अमेरिका हिट डोमका कारण अति प्रभावित भए । ती क्षेत्रमा तापक्रम ४९ डिग्रीभन्दा माथि पुगेको थियो । अन्य वर्ष जुन जुलाई महिनामा तापमान १७ डिग्री भन्दा तल हुन्थ्यो ।
तापक्रम अत्यधिक हुँदा त्यस क्षेत्रमा धेरै आगलागी भयो । हिट डोमका कारण क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने अमेरिका १४० जनाको ज्यान गएको छ । अमेरिकाको ओरेगन र वाशिंटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।
क्यानडादेखि साइप्रससम्म गर्मीले जंगली डढेलो
क्यानडाको ब्रिटिश कोलम्बिया राज्यभर सयौं डढेलो
क्यानडामा उच्च गर्मी भएको एउटा गाउँभर आगलागी
क्यानडामा गर्मीबाट २३० को मृत्यु
क्यानडामा अत्यधिक गर्मीका कारण १३० को मृत्यु
अमेरिका र क्यानडामा अत्यधिक गर्मी [७ तस्बिर]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij