वेबटिभी खबर
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा ‘मिडिया सम्मेलन’ सुरु भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा योजनामन्त्री राम रानाले सम्मेलनको उद्घाटन गरे ।
कोशी प्रदेशका अधिकांश पत्रकारहरुको सहभागिता रहेको सम्मेलनमा राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा,नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, विज्ञापन वोर्डका अध्यक्ष लक्ष्मण हुमागाँई, सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतम ,नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलगायतसहित महासंघका १४ वटा जिल्ला अध्यक्ष तथा प्रतिनिधि पनि सरिक छन ।
सम्मेलनमा संघीयतामा सञ्चार नीति, नियत र नियति, ‘डिजिटल’ पत्रकारिता अवसर र चुनौती , पत्रकारिता र विज्ञापनका विषयमा सघन छलफल हुने नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij