Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हुरीका कारण केराखेतीमा १२ करोडको क्षति

हुरीका कारण केराखेतीमा १२ करोडको क्षति

  • 104
    SHARES
  • हुरीका कारण केराखेतीमा १२ करोडको क्षति

    चितवन । हुरीका कारण यहाँको केराखेतीमा ठूलो क्षति पुगेको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष माधवप्रसाद घिमिरेले केही दिनअघिको हुरीका कारण दुई हजार पाँच सय बिघा क्षेत्रफलको केरामा क्षति पुगेको हो ।

    उनले भने, ‘पूर्वी चितवनको रत्ननगर, कालिका र खैरहनी नगरपालिकालगायतका लगाइएको ४० लाख ८७ हजार पाँच सय केराका बोटमा क्षति पुगेको छ ।’

    उनका अनुसार पसाएर फल लाग्ने समयका केरामा क्षति पुगेको हो । संघका महासचिव जनक पन्तका अनुसार हुरीका कारण १२ करोड बराबरको केरा नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।

    सत्तरी जना व्यावसायिक किसानले लगाएको केरामा पूर्णरुपमा क्षति भएको छ भने अन्यको आंशिक क्षति भएको उनले बताए । नब्बे प्रतिशत किसानले केराको बीमा गरेको र १० प्रतिशत किसानले बीमा नगरेको उनले जानकारी दिए ।

    जिल्लामा हाल तीन हजार पाँच सय बिघा क्षेत्रफलमा केरा खेती गरिँदै आइएको छ । उनका अनुसार यहाँ सात सय किसानले केराखेती गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # हुरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij