वेबटिभी खबर
काठमाडौं । युरोकप फुटबलको उपाधि इटालीको पोल्टामा पुगेको छ ।
इङ्ल्यान्ड र इटालीबीच भएको फाइनल खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा इटालीले जित हासिल गरेको हो ।

जितपछि इटालीका खेलाडी
खेलको १ मिनेट ५६ सेकेन्डमा इङ्ल्यान्डका लुक शाले गोल गर्दै अग्रता दिलाएका थिए । योसँगै शा युरोकप फाइनलमा सबैभन्दा छिटो गोल गर्ने खेलाडी बनेका छन्।

पहिलाे गाेल गरेपछि लुक शा
तर खेलको ६७औं मिनेटमा इटालीका मार्को भेराट्टीले गोल फर्काउँदै खेललाई बराबरीमा रोके । त्यसपछि दुबै टिमले कुनै गोल गर्न सकेनन् ।
अतिरिक्त समयमा पनि खेल बराबरीमा सकियो ।
त्यसपछि भएको पेनाल्टी पनि निकै रोचक बनेको थियो । पेनाल्टीमा २ का विरुद्ध ३ गोल गर्दै जित हासिल गरेको हो । पेनाल्टीको सुरुमा दुबै टिमले गोल गरे । तर इटालीको दोस्रो प्रहार इङ्ल्यान्डका गोलकिपरले रोकेका थिए भने इङ्ल्यान्डका खेलाडीले एउटा प्रहार गोलपोष्ट बाहिर गरेका थिए ।

इङ्ल्यान्डका खेलाडीलाई तान्दै गरेकाे युराेकप फाइनल खेलकै चर्चित तस्बिर
इङ्ल्यान्डका अर्का खेलाडीको प्रहार इटालीका गोलकिपरले बचाएर आफ्नो टिमलाई जिततर्फ अग्रसर गराए । तर लगत्तै इटालीका खेलाडीको प्रहार रोकेर इङ्ल्यान्डका किपरले खेललाई बराबरीमै राके । फेरि इङ्ल्यान्डका खेलाडीको प्रहार इटालीका गोलकिपरले राकेसँगै इटालीको जित सुनिश्चित भएको थियो ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij