Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पहिरोले बगाएको एक बसमा सात भारतीय थिए

पहिरोले बगाएको एक बसमा सात भारतीय थिए

  • 141
    SHARES
  • पहिरोले बगाएको एक बसमा सात भारतीय थिए

    चितवन । नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ ।

    वीरगन्जबाट काठमाडौतर्फ गइरहेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी  २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्गभएर काठमाडौंबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन ।

    सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन । पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij