वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवेग र भावनाका आधारमा आफूले विश्वासको मतको प्रस्ताव नराखेको स्पष्ट पारेका छन ।
प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भने, ‘आज विमर्श र छलफल भयो, राम्रो भयो । सबैले गम्भीर रूपमा आफ्नो धारणा राख्नुभयो । आफ्नो तर्फबाट धारणा मैले राखेको थिएँ । गम्भीरतापूर्वक राखे, आवेग र भावना राखेको होइन, धेरै ठक्करको निष्कर्षका रूपमा मैले प्रस्ताव राखेको हो ।’
उनले समीकरण बनिराखे पनि आफूहरू यही नै हुने बताए । ‘अब देशलाई कता लैजाने निर्णय गर्ने जिम्मा प्रतिनिधिसभाको नै हो, मेरो नेतृत्वको सरकारले जादु गर्यो भनेको होइन, समृद्धिका पक्षमा, सुशासन, सामाजिक न्यायको पक्षमा सुधारहरू भएका छन्’, प्रधानमन्त्री दाहालले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij