Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि तयारी थाल्ने

कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि तयारी थाल्ने

  • 133
    SHARES
  • कांग्रेसले स्थानीय तह उपनिर्वाचनका लागि तयारी थाल्ने

    काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारको राहत कोषमा पचास लाख जम्मा गर्ने पनि निर्णय गरेको छ ।

    आइतबार पार्टी सभापति शेरवहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । साथै सबै सांसदहरुको बाढी प्रभावितहरुलाई १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको डा महतले बताए ।

    डा महतले भने, ‘सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर १६ गते सम्पन्न हुनेगरी स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको छ । उक्त उपनिर्वाचनमा दलको तर्फबाट खडा हुने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी शेरबहादुर देउवालाई दिइएको छ । ’

    कांग्रेस बैठकले निरन्तरको वर्षाका कारण बाढी र पहिरोमा परि मृत्यु भएका सबैलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै यो समग्र घटनाप्रति पार्टीले दुख व्यक्त गरेको छ । यस्तै बैठकले बाढी पहिरोमा हराएका सबैको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij