Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

  • 147
    SHARES
  • बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

    चितवन । रत्ननगर नगरपालिका-२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।

    खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घाइतेमध्ये रत्ननगर-१३ अमिलियाका  २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् ।

    उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • सम्बन्धित विषय:

  • # बस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij