Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विधुत सर्ट हुँदा सतुङगलस्थित कम्प्लेक्समा आगलागी

विधुत सर्ट हुँदा सतुङगलस्थित कम्प्लेक्समा आगलागी

  • 142
    SHARES
  • विधुत सर्ट हुँदा सतुङगलस्थित कम्प्लेक्समा आगलागी

    काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर–११ सतुङगल चोकस्थित कपडा पसल तथा कम्प्लेक्समा विधुत सर्ट भएर आगलागी भएको छ ।

    बिहीबार बिहान ०५ः२५ बजेको आगलागी भएको हो । उक्त आगलागीलाई नियन्त्रणमा लिन शसस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराहि गणबाट शसस्त्र प्रहरी निरीक्षक गोविन्द पौडेलको कमान्डमा ४० जान खटिएका छन्  ।

    यस्तै प्रहरी वृत थानकोटबाट  प्रहरी नायब उपरीक्षकको कमान्डमा ३० जना प्रहरी टोली घटना स्थलमा पुगेर आगो नियन्त्रणमा लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

    f2486a35-ec96-4aff-97e8-593143dd1c93.jpg

    यस्तै काठमाडौ माहानगरपालिकाबाट –१  र चन्द्रागिरि नगरपालिकाबाट– १ गरी  दुईवटा दमकलको सहयोगमा आगो नियन्त्रण लिने काम भइरहेको छ ।

    नेपाली सेना विपद गणबाट १ वटा  नेपाल आयल निगम थानकोटबाट १ वटा जुद्द बारूणयन्त्रबाट  २ वटा चन्द्रागिरि नगरपालिकाबाट १ वटा ललितपुरबाट १ वटा गरी जम्मा ६ वटा बारूणयन्त्रबाट आगो नियन्त्रण गर्ने काम भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij