Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सेम्बुङमा आगलागी हुँदा दुईतले घर जलेर नष्ट

सेम्बुङमा आगलागी हुँदा दुईतले घर जलेर नष्ट

  • 147
    SHARES
  • सेम्बुङमा आगलागी हुँदा दुईतले घर जलेर नष्ट

    सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिका–४ सेम्बुङमा आज आगलागी हुँदा तीन लाख बढीको क्षति भएको छ । भोटखोला–४ सेम्बुङमा आगलागी हुँदा स्थानीय नुर्वु भोटेको दुईतले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।

    चुल्होबाट आगो सल्किँदा ढुङ्गा माटोले बनेको भोटेको दुईतले घर जलेर क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    प्रहरी र स्थानीयवासीको  सहयोगमा चार घण्टापछि आगो निभाइएको छ । आगलागीपछि भोटेको परिवार छिमेकीको घरमा बसेका छन् ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij