Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति

भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति

  • 99
    SHARES
  • भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति

    काठमाडौं । छिमेकी देश चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ ।

    मंगलबार बिहान अन्दाजी ३ः१५ बजे भोटेकोशी नदीमा बाढी आउँदा उक्त पुलमा क्षति पुगेको हो ।

    यसको साथै, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिएका छन् । भन्सारसँगैको ड्राइपोटमा पनि बाढीले क्षति पुर्याएको छ ।

    उनले त्यहाँ पार्किङ गरेर राखिएका गाडी बगाउनुको साथै त्यहा कार्यरत कर्मचारी र सवारी चालकहरु सम्पर्क बिहिन रहेको बताए । यसबारे थप बुझ्ने काम भइरहेको पनि उनको भनाई छ ।

    हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित पनि गरिएको छ । 

  • सम्बन्धित विषय:

  • # क्षति

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij