Logo

२०८३, कार्तिक २१ गते शुक्रवार

२०८३, कार्तिक २१ गते शुक्रवार

मेस्सीको जहाज पेरिसमा ल्यान्ड गर्दै, पीएसजीका समर्थक स्वागत गर्न आतुर

मेस्सीको जहाज पेरिसमा ल्यान्ड गर्दै, पीएसजीका समर्थक स्वागत गर्न आतुर

  • श्रावण २५, २०७८ सोमवार २२:१५ बजे
  • 603
    SHARES
  • मेस्सीको जहाज पेरिसमा ल्यान्ड गर्दै, पीएसजीका समर्थक स्वागत गर्न आतुर

    एजेन्सी- अर्जेन्टिनी सुपर स्टार लियोनल मेसी फ्रेन्च क्लब पिएजसी जाने पक्का भएको छ। पिएसजीसँग सम्झौता गर्नका लागि ३४ वर्षीय मेसी आज राति ११ः१५ बजे पेसिर ल्यान्ड हुने स्पोट्र्स न्यूज पोर्टल इएसपिएन एफसीका जुलियन लाउरेन्सले बताएका छन्।

    मेसीको स्वागतका लागि पिएसजीको मैदानबाहिर थुप्रै समर्थक प्रतिक्षा गरिरहेका छन्।

    उनका अनुसार मेसीले पिएसजीसँग वार्षिक ३५ मिलियन तलब पाउने गरी २ वर्षको सम्झौता गर्ने छन्। यस्तै, अर्को एक वर्ष सम्झौता अवधि बढाउने सुविधान पनि दिइने उनले उल्लेख गरेका छन्।

    लाउरेन्सले मेसीले आजै राति या भोलि पिएसीमा मेडिलक गर्ने र सम्झौतामा हस्ताक्षर गर्ने उल्लेख गरेका छन्। ला लिगाका वित्तिय निमयका कारण सम्झौता नवीकरण हुन सकेपछि मेसीले २१ वर्षपछि बार्सिलोना छाडेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij