वेबटिभी खबर
काठमाडौं । लोकप्रिय फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पीएसजीमा आवद्ध हुने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हालै स्पेनिस फुटबल क्लब बार्सिलोनाबाट बिदा भएका मेस्सी पीएसजीमा आवद्ध हुन सहमत भएका हुन् । मेस्सी र पीएसजीबीच दुई वर्षका लागि सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेस्सी वार्षिक ३५ मिलियन युरोमा पीएसजीमा आवद्ध हुन लागेका हुन् । उनलाई सम्झौता थप गर्ने विकल्पसमेत दिइएको बताइएको छ ।
मेस्सीले बार्सिलोनामा २१ वर्ष बताउँदा ७७८ खेलमा ६७२ गोल गरेका थिए । यस अवधिमा उनले ६ पटक बालोन डी ओर जितेका छन् । उनले बार्सिलोनाबाट १० ला लिगा, चार च्याम्पियन्स लिग र सात पटक कोपा डल रेको उपाधि जितेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij