Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

उपरथी पहाडी र महासेनानी आचार्यलाई द्रज्यानी चिन्ह प्रदान

उपरथी पहाडी र महासेनानी आचार्यलाई द्रज्यानी चिन्ह प्रदान

  • 275
    SHARES
  • उपरथी पहाडी र महासेनानी आचार्यलाई द्रज्यानी चिन्ह प्रदान

    काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका उपरथी विश्ववन्धु पहाडी र प्राविधिक महासेनानी डा.ईन्दिरा आचार्यलाई द्रज्यानी चिन्ह प्रदान गरेका छन् ।

    जंगी अड्डामा आज आयोजित विशेष समारोहमा प्रधान सेनापति सिग्देलले गत साउन २६ गतेदेखि उपरथी दर्जामा पदोन्नति भएका प्राविधिक सहायक रथी विश्ववन्धु पहाडीलाई द्रज्यानी चिन्ह प्रदान गरेका हुन् । सोही अवसरमा प्राविधिक महासेनानी दर्जामा पदोन्नति भएकी प्रमुख सेनानी डा.ईन्दिरा आचार्यलाई पनि प्रधान सेनापति सिग्देलले द्रज्यानी चिन्ह प्रदान गरे ।

    समारोहमा बलाधिकृत, रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो । पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारजनसमेत कार्यक्रममा सहभागी थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij