Logo

२०८३, भाद्र ५ गते शुक्रवार

२०८३, भाद्र ५ गते शुक्रवार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

  • 100
    SHARES
  • कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

    काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा मुख्यमन्त्री शाहीले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २१ मत परेको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा आजको मतदानमा ३६ जना सदस्य सहभागी भएका थिए।

    मतदानमा प्रस्तावको पक्षमा २१ मत र विपक्षमा २ मत परेको सभामुखले घोषणा गरेका छन् । प्रस्तावको पक्षमा परेको २१ मत प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको हो । मुख्यमन्त्री शाहीले नेपालको संविधानको धारा १८८ को उपधारा (१) तथा कर्णाली प्रदेश सभा नियमावली, २०८१ को नियम १५१ बमोजिम विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । नेकपा र नेकपा एमालेबीचको सत्ता समीकरणका कारण मुख्यमन्त्री शाहीको पक्षमा बहुमत पुग्ने अवस्था यसअघि नै देखिएको थियो ।

    ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ भने सत्ता साझेदार दलसँग २४ सांसदको समर्थन रहेको थियो । विश्वासको मत पाएसँगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारलाई प्रदेश सरकार सञ्चालनका लागि थप राजनीतिक आधार प्राप्त भएको छ । मुख्यमन्त्री शाहीले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । मन्त्रालय भागबण्डामा सहमति जुट्न ढिलाइ हुँदा मुख्यमन्त्री नियुक्त भएको लामो समयसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij