Logo

२०८३, आश्विन २१ गते बुधवार

२०८३, आश्विन २१ गते बुधवार

कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन

कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन

  • 39
    SHARES
  • कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन

    काठमाडौं । बाजुराको कोल्टी आधारभूत अस्पतालमा निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको छ । बुद्ध एयरका संस्थापक अध्यक्ष स्वर्गीय सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा शनिबार ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

    बुद्ध एयरका सुचना अधिकारी दीपेन्द्र कर्णका अनुसार बुद्ध एयर र एक पाइला फाउण्डेशनको सहकार्यमा आयोजित शिविरमा हिजो ९शनिबार० ६१ जनाको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमा ४२५ जनाको आँखा परीक्षण गरिएको थियो ।

    शिविरमा ४२५ जनाको आँखा परीक्षण गरिएको उनले बताए । परीक्षणका क्रममा आवश्यक देखिएका बिरामीलाई निःशुल्क औषधि तथा चश्मासमेत वितरण गरेको उनले बताए । निःशुल्क आँखा शिविर शनिबार, आइतबार र सोमबार तीन दिन सञ्चालन हुने उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij