Logo

२०८३, आश्विन २१ गते बुधवार

२०८३, आश्विन २१ गते बुधवार

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान

  • 80
    SHARES
  • कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान सुरु हुनेभएकाे छ । राष्ट्रिय सभागृहमा निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारीका लागि दरखास्त फारम वितरण गरेका जनाए ।

    उनले दर्ता भएका उम्मेदवारहरूको नामावली प्रकाशन गरिने बताए । उनले प्रकाशित नामावलीमाथि तोकिएको प्रक्रियाअनुसार दाबी–विरोध गर्न समय दिइने बताए ।उनले भने, ‘कांग्रेसको १५औँ महाधिवेशनमा १० देखि १ बजेसम्म दरखास्त फारम वितरण गर्ने समय राखेका छौँ । १ बजेपछि दर्ता हुन्छ । त्यसपछि दर्ता भएको नामावली प्रकाशित गछौँ । नामावली अनुसार दाबी-विरोध गर्ने मौका दिएको र त्यसको निर्णय गरिसकेपछि बुधवार विहान अन्तिम नामावली प्रकाशित गर्छौं । त्यसपछि बुधबार दिनभर चुनाव गर्नेछौं ।’

    अन्तिम नामावली प्रकाशन भएसँगै भोलि नै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि निर्वाचन सम्पन्न गर्ने तयारी रहेको उनले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij