वेबटिभी खबर
काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् । घर पोत्ने माटो लिन जाजरकोट नलगाड नगरपालिका-७ दल्ली नजिकै खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका हुन् ।
घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए । घर पोत्ने माटो खन्न गएका उनीहरू एकै पटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij