Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

चोरीको मोटरसाइकलसहित एक युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

चोरीको मोटरसाइकलसहित एक युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

  • 635
    SHARES
  • चोरीको मोटरसाइकलसहित एक युवक ट्राफिक प्रहरीको नियन्त्रणमा

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने एक जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ । महाशाखाको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो–रातो रङको २२० सीसीको पल्सर मोटरसाइकलसहित ती व्यक्तिलाई प्रक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा रामेछाप दोरम्वा गाउँपालिका– २, बोदल घर भई हाल दक्षिणढोका काठमाडौं बस्ने वर्ष २२ वर्षीय तेज थापा मगर रहेको महाशाखाले जनाएको छ ।  सोही मोटरसाइकलमा सवार उनलाई नयाँ बसपार्कस्थित गंगबुबाट नियन्त्रणमा लिइएको महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । ‘अनुसन्धानको क्रममा सो मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३–०२–०१० प ९४४६ खुल्न आएको छ,’ एसएपी भट्टराईले भने ।

    १० दिन अगाडि काठमाडौं पेप्सीकोलाबाट हराएको उक्त नम्बरको मोटरसाइकल खोजतलासका लागि काभ्रे, चौरीदेउराली गाउँपालिका-३ घर भई काठमाडौं मुलपानी बस्ने प्रकाश गौतमले ट्राफिक महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकलसहित थापा मगरलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, नयाँ वानेश्‍वर पठाइएको महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ९एसपी० सञ्जीव शर्मा दासले जानकारी दिए ।

    उपत्यकामा मोटरसाइकल चोरीका घटना बढेको गुनासो आएपछि महाशाखाले खोजी कार्यलाई पनि तीव्र पारेको एसएसपी भट्टराईले बताए । सुनसान स्थानमा मोटरसाइक पार्क नगर्न, पार्किङ स्थलमा राख्दा राम्ररी लक गरेर मात्र छोड्न महाशाखाले आग्रह गरेको छ । मोटरसाइकल हराइहालेमा तुरुन्त महाशाखामा आएर निवेदन दिन पनि महाशाखाले सर्वसाधारणमा सुचित गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij