वेबटिभी खबर
काठमाडौं । जिल्ला ट्राफिक कार्यालय मकवानपुरले मंगलबार सवारी दुर्घटना न्यूनीकरणका लागि सुरक्षासम्बन्धी जनचेतनामुखी कार्यक्रम गरेको छ ।
प्रहरीले ट्राफिक जनचेतना गराउनुका साथै मास्क नलगाई सवारी हाँक्ने चालक, सवार यात्रुलाइ र पैदल यात्रुलाई कोभिड-१९ को संक्रमणबाट बच्न मास्क वितरणसमेत गरेको छ ।
‘सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिको लागि सडक सुरक्षासम्बन्धी ट्राफिक जनचेतना तथा मास्क नलगाई हिँड्ने चालक, सवार यात्रु र पैदल यात्रुलाई मास्क वितरण गरिएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij