Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एट्लेटिको मड्रिडका सउल चेल्सीमा 

एट्लेटिको मड्रिडका सउल चेल्सीमा 

  • भाद्र १६, २०७८ बुधवार ०९:२८ बजे
  • 751
    SHARES
  • एट्लेटिको मड्रिडका सउल चेल्सीमा 

    एजेन्सी – इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर सउल निग्वेजलाई भित्र्याएको छ। चेल्सीले स्पेनिस मिडफिल्डर सउललाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।


    चेल्सीले २६ वर्षीय निग्वेजलाई लोनमा ५ मिलियन पाउन्डमा अनुबन्ध गर्दा स्थायी रुपमा ३० मिलियन पाउन्डमा अनुबन्ध गर्न सक्नेछ ।
    सउल इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र लिभरपुलसँग पनि जोडिएका थिए । चेल्सीले कीर्तिमानी मुल्यमा रोमेलु लुकाकुलाई क्लबमा फर्काउनु अघि नै सउललाई अनुबन्ध गर्ने प्रयास थालेको थियो ।

    सन् २००८ देखि एट्लेटिको मड्रिडमा रहेका निग्वेजले क्लबमा सात सिजन बिताउँदा ३४० खलेमा ४३ गोल गरेका छन् । उनले यो सिजन तीन खेल खेलिसकेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij