Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मनाइयो संविधान दिवस

मनाइयो संविधान दिवस

  • 858
    SHARES
  • मनाइयो संविधान दिवस

    काठमाडौं । सरकारले सातौं संविधान दिवस मनाएको छ । ३ असोज ०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि हरेक वर्ष यो दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।

    दिवसको अवसरमा आइतबार टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, सभामुख अग्नि सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्री, सांसद, सुरक्षा निकायका प्रमुख र विभिन्न मन्त्रायलयका उच्च अधिकारीलगायत सहभागी छन् ।

    सो समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै शान्तिको प्रतीक सेतो परेवा उडाइएको छ भने विभिन्न साँस्कृतिक झाँकी प्रदर्शनसमेत गरिएको छ । संविधान दिवस सरकारले असोज दुई गतेदेखि चार गतेसम्म तीन दिने कार्यक्रम गरेर मनाइरहेको छ ।

    दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । आइतबार मुख्य दिन घरघरमा दीपावली गर्न र राष्ट्रिय झण्डा फहराउन सरकारले सबै नेपालीहूलाई आह्वान गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij