Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

संविधान दिवस मनाउन लुम्बिनीमा प्रमुख विपक्षी एमालेलाई निम्तो दिइएन

संविधान दिवस मनाउन लुम्बिनीमा प्रमुख विपक्षी एमालेलाई निम्तो दिइएन

  • 486
    SHARES
  • संविधान दिवस मनाउन लुम्बिनीमा प्रमुख विपक्षी एमालेलाई निम्तो दिइएन

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख विपक्षी दललाई निम्तो नपठाएको बुझिएको छ ।

    images

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आयोजित संविधान दिवस मूल समारोहमा प्रमुख विपक्षी एमालेलाई औपचारिक निम्तो नै नगरिएका कारण अनुपस्थित भएको छ ।

    यस्तै सत्तारुढ गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तीनै जना मन्त्रीहरू पनि सो समारोहमा अनुपस्थित भए ।

    समारोहमा स्थानीय तहका जनप्रतिनिधि र सरकारी कर्मचारीको उपस्थिति न्यून थियो । प्रमुख विपक्षी दल एमालेका सांसद एवम् पूर्वमन्त्री वैजनाथ चौधरीले आफ्नो दललाई खबर नै नभएको जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology