Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

म्यानचेस्टर सिटीको फराकिलो जित 

म्यानचेस्टर सिटीको फराकिलो जित 

  • कार्तिक ३, २०७८ बुधवार ०८:४८ बजे
  • 413
    SHARES
  • म्यानचेस्टर सिटीको फराकिलो जित 

    काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले बेल्जियन क्लब क्लब ब्रुगलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

    सिटीलाई जित दिलाउन रियाद महरेजले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, केली वाल्कर र कोले पाल्मरले एक एक गोल गरे । ब्रुगका हान्स भानाकेनले एक गोल फर्काए । ब्रुगको मैदानमा ३० औं मिनेटमा कान्सेलोले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

    ४३ औं मिनेटमा महरेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–० को अग्रता दिलाए । खेलको ५३ औं मिनेटमा वाल्करले गोल गर्दा सिटीको अग्रता ३–० को बन्यो । ६७ औं मिनेटमा पाल्मरले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए ।

    खेलको ८१ औं मिनेटमा हान्सले गोल गर्दै ब्रुजलाई ४–१ को स्थितिमा ल्याए । तर, खेलको ८४ औं मिनेटमा महरेजले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५-१ को जित दिलाए । यस जितसँगै समूह ए को सिटीले ३ खेलमा ६ अंक जोडेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij