वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा मतदान जारी हुँदा राष्ट्रियसभा गृहमा सकिएको छ ।
सोमबार जारी मतदानको समय साढे १० बजेसम्मका लागि तोकिएको छ र राष्ट्रियसभा गृहतर्फ मतदान सकिएको छ । भृकुटीमण्डप र सभागृहमा मतदानको व्यवस्था गरिएको छ ।
राष्ट्रियसभा गृहमा ३५ मत नखसेको जनाइएको छ । इजरायल, साउदी, दुबई, कतार, क्यानडाबाट प्रतिनिधि नआउँदा कम मत खसेको जनाइएको छ ।
नेता रामचन्द्र पौडेल पनि मतदानमा सहभागी भएनन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij