Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद : सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको आरोप

सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद : सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको आरोप

  • 587
    SHARES
  • सिन्धुपाल्चोक र काभ्रेबीच सीमा विवाद : सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको आरोप

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद चर्किंदै गएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ डुम्रे माझीटार र बन्देउटारको अनुमानित एक सय घरधुरीको नागरिकले आफूले भोगचलन गरेकाको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधावाट बञ्चित भएको उनीहरूको गुनासो छ ।

    ‘हामीसँगै बसोवास गर्ने धेरै परिवारमा आमा काभ्रे छोराछोरी सिन्धुको बासिन्दा छौ’, चौतारा साँगाचोकगढी ११ तस्बिर माझीले भने ।

    जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३ मा राजपत्रमा र २०३८ सालमा सिन्धुकै भूमि भनि नापी भएकोमा काभ्रेमा गोविन्द उप्रेती सांसद भएपछि आफूअनुकूल निर्णय गरि राज्यको कर्मचारीलाई नै दबाब पारेर मालपोत, श्रेष्ता र नापीको लगतसमेत कब्जामा लिई काभ्रेमा पारेर गैर-कानुनी कार्य गरेकोप्रति अधिवक्ता रोजनराज गिरीले आक्रोश पोखे ।

    काभ्रेको भुम्लो गाउँपालिकाले जबरजस्ती नदी किनारामा डोजर प्रयोग गरी अरनिको राजमार्ग नै धरापमा पर्ने गरि सिन्धुको भूमिमा डोजर चलाएको प्रति बन्देउटार र डुम्रेमाझी गाउँको बासिन्दाले विरोध गरेका हुन् ।

    बिहीबार अधिवक्ता रोशनराज गिरीको अगुवाइमा एक घन्टे चक्काजाम गरिएको थियो । उनीहरूले चक्का जामपछि गरिएको पत्रकार सम्मेलनमा सिन्धुको भूमि काभ्रेले जबरजस्ती हडपेको भन्दै थप आन्दोलनलाई सशक्त बनाउने चेतावनीसमेत दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij