वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले बुधबार माध्यामिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलायो ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यही पुस १० गतेभित्र निम्न माध्यमिक तहका लागि विज्ञापन आह्वान भइसक्ने जानकारी दिए ।
उनको भनाइमा पुस २१ गतेभित्र प्राथमिक तहको विज्ञापन अह्वान गरिनेछ ।
यसरी क्रमशः विज्ञापन खुल्दै गर्दा मानिसहरूकाे चासो भने उमेरसम्बन्धी छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले आइतबार बिहान वेबटिभी खबरलाई दिएको जानकारीअनुसार यही पुस २९ गतेसम्म फारम भर्न सकिनेछ ।
त्यसका लागि उमेर तोकिएको छ । १८ वर्ष पुरा भई २०७८ पुस २९ गतेसम्म ४० वर्ष नकटेका व्यक्तिहरूले आयोगको फारम भर्न पाउने सूचना अधिकारी मरहठ्ठाले जानकारी दिए । पुस महिना ३० को छ । यस मितिमा ४० वर्ष पुरा भएको व्यक्तिहरूले फारम भर्न पाउने छैनन् ।
उमेर हदबन्दी नलगाउन शिक्षकहरूको माग [पत्रसहित]
तीन हजार बढी शिक्षककाे आन्तरिक बढुवा हुने
शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई यति शैक्षिक योग्यता चाहिने
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij