Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सप्तरीमा महिलाको हत्या

सप्तरीमा महिलाको हत्या

  • 687
    SHARES
  • सप्तरीमा महिलाको हत्या

    राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।

    स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जनाकारी दिए ।

    घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ । यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ ।

    साथै अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij