Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

चौतारा हाफ म्याराथन २४ पुसमा

चौतारा हाफ म्याराथन २४ पुसमा

  • 422
    SHARES
  • चौतारा हाफ म्याराथन २४ पुसमा

    काठमाडौं । सिन्धुपाल्चोकको चौतारमा पहिलो पटक चौतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा २४ पुसमा ५ विधामा हाफ म्याराथन हुन लागेको हो ।

    प्रतियोगितामा पुरुष र महिला तथा ४० देखि ५५ वर्षसम्मको भेट्रान्स पुरुष , महिला  र ५५ वर्षमाथिका ‘सुपर भेट्रान्स’ हुनेछ ।

    आयोजकले पत्रकार सम्मेलनमार्फत भेट्रान्सतर्फको सबै इभेन्ट १५ किलोमिटरमा हुने बताएका छ । हाफ म्याराथनको पुरुष विजेताले ४४ हजार ४४४ तथा महिला तर्फकोले २२ हजार २२२ पाउनेछन् ।

    प्रतियोगिताको दौड साँगाचोकगढीबाट सुरु भई उल्केनी, ईर्खु, मेलचौर, चौतार हुँदै टुडिखेल आएर टुंगिनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij