वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले भोलि बुधबार प्राथमिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगका अनुसार बुधबार १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुलाउन लागिएको हो । भोलि नै यसकाे विस्तृत जानकारी दिने आयोगले जनाएकाे छ ।
आयोगले मावि र निमावि तहको विज्ञापन खुलाइसकेको छ । माघ ६ गतेसम्म नियमित शुल्कमा र माघ १३ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिने आयोगले जनाएको छ ।
२९ मंसिरमा जारी भएको माध्यामिक तहको विज्ञापनको फाराम १ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ । परीक्षाको आवेदन फाराम अनलाइनबाट भर्न सकिने आयोगले जनाएको छ ।
यी हुन् शिक्षक सेवा आयोगको परीक्षामा सोधिने महत्त्वपूर्ण प्रश्नहरू
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij