वेबटिभी खबर
काठमाडाैं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरूबीच सहमति र राष्ट्रको हितअनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
पार्टीको (नवलपरासी बर्दघाट सुस्ता पश्चिम) द्वारा बुधबार परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘पार्टीले समय आएपछि एमसीसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ ।’
अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
उपेन्द्र यादव भन्छन्- एमसीसीबारे सहमतिका आधारमा मात्रै निर्णय
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij