Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

गोरखाको पालुङटार नगरपालिकाले लेखापाललाई दियो १९ हजार तलब, इसीडी शिक्षकलाई कति ? 

गोरखाको पालुङटार नगरपालिकाले लेखापाललाई दियो १९ हजार तलब, इसीडी शिक्षकलाई कति ? 

  • 1.2K
    SHARES
  • गोरखाको पालुङटार नगरपालिकाले लेखापाललाई दियो १९ हजार तलब, इसीडी शिक्षकलाई कति ? 

    काठमाडौं । गोरखाको पालुङटार नगरपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत लेखापाललाई १९ हजार रूपैयाँ मासिक तलब दिएको छ ।

    संघीय सरकारले १३ हजार पाँच सय उपलब्ध गराएकोमा नगरपालिकाले पाँच हजार पाँच सय थप गरी १९ हजार रूपैयाँ पुर्याएको हो ।

    नगरपालिकाले इसीडी शिक्षक र परिचरलाई १३ हजार पाँच सय रूपैयाँ तलब दिएको छ ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले नगरपालिकाभित्र ४१ जना इसीडी शिक्षक, १४ जना लेखापाल, ४२ जना परिचर र पाँच जना सिकाइ केन्द्रका कर्मचारी रहेको बुधबार वेबटिभी खबरलाई जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij