Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

म्यान्मारमा सैन्य दमन जारी, पुनः ८० प्रदर्शनकारी मारिए

म्यान्मारमा सैन्य दमन जारी, पुनः ८० प्रदर्शनकारी मारिए

  • चैत्र २९, २०७७ आइतवार १४:४४ बजे
  • 887
    SHARES
  • म्यान्मारमा सैन्य दमन जारी, पुनः ८० प्रदर्शनकारी मारिए

    याङगुन । म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीको आक्रमणमा परी कम्तिमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । 

    अनुगमनमा खटिएका अधिकारकर्मीहरुले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् । मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको संख्या अझ बढी हुन सक्ने पनि उनीहरुले बताएका छन् । 

    प्रदर्शनकारीविरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् । म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा छ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।

    सेनाले सत्ता हातमा लिएयता म्यानमारभरि विरोध प्रदर्शनहरू हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो । चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा पनि गरेको छ । 

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरुले भने निर्वाचन निष्पक्ष नै भएको दाबी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरुलाई थुनामा राखेको हो ।  

    सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाव बढिरहेको छ ।  

  • सम्बन्धित विषय:

  • # म्यान्मार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij