वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल आज (बिहीबार) दिउँसो ३ बजे भेटवार्ता हुने भएको छ ।
बुधबार साँझ नागपोखरीस्थित होटल मेरियटमा ओली-नेपालबीच करिब २ घण्टा वार्ता भएको थियो । सो वार्तामा उठेका विषयबारे नेपालले आफूपक्षका नेता तथा सांसदसँग छलफल गरेका छन् ।
ओली-नेपालबीच बुधबार सम्पन्न वार्तापछि आज दिउँसो पुनः ‘वान टु वान’ वार्ता हुने भएको हो ।
एमालेबाट कारबाहीमा परेका नेता नेपालले आफू प्रधानमन्त्रीको सरकारी निवासमा गएर वार्ता नगर्ने अडान राखेपछि आजको वार्ता कहाँ बस्नेबारे तय भइसकेको छैन ।
ओली-नेपालबीचको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टीभित्रको विवादका कारण एमाले यतिखेर विभाजनको संघारमा पुगेको छ ।
दुई नेताबीचको भेटवार्ताले कार्यकर्ता तहमा उत्साह छाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij