Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

सुकीलाई थप पाँच वर्ष जेल सजाय

सुकीलाई थप पाँच वर्ष जेल सजाय

  • 538
    SHARES
  • सुकीलाई थप पाँच वर्ष जेल सजाय

    एजेन्सी । म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङसाङ सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो ।

    यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा सुकीलाई कोभिड प्रतिबन्ध उल्लंघन गरेको मुद्दामा र जनवरीमा  प्रतिबन्धित बाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।

    सुनुवाइका क्रममा अदालतमा पत्रकारहरूलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सुकीका वकिलहरूलाई सञ्चारकर्मीसँग बोल्न पनि रोक लगाइएको थियो । गत वर्ष फेब्रुवरीमा सैन्य कुमार्फत सत्ताच्युत भएपछि सरकारले सुकीमाथि दर्जनौँ फौजदारी अभियोग लगाएको छ ।

    उनीमाथिका अभियोग पुष्टि भएमा सुकी वर्षैँसम्म जेलमा बस्नुपर्नेछ । आफूमाथिका सबै आरोपहरूको सुकीले अस्वीकार गरेकी छन् । त्यस्तै, अदालतको सुनुवाइ निष्पक्ष नभएको अधिकारकर्मीहरूको भनाइ छ । अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छिन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij