Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कामै नगरी १५ वर्षसम्म तलब 

कामै नगरी १५ वर्षसम्म तलब 

  • 671
    SHARES
  • कामै नगरी १५ वर्षसम्म तलब 

    काठमाडौं । इटालीको एक अस्पतालमा काम गर्ने व्यक्तिले १५ वर्षसम्म काममा नगइ पारिश्रमिक लिएकाे खुलासा भएकाे छ । उनलाई 'अनुपस्थितको बादशाह' भनिएको छ । ती व्यक्ति बिना कुनै सूचना १५ वर्षदेखि काम नै नगरी तलब पाइरहेका छन् । पछिल्लो समयमा चर्चामा आएका व्यक्तिको पहिचान भने गोप्य राखिएको छ ।

    images

    उनले पब्लिक क्षेत्रमा लामो छुट्टी र तलब पाएको नयाँ रेकर्ड कायम गरेका छन् । १५ वर्षमा पाँच लाख ३८ हजार युरो डलर तलब बुझेका ६७ वर्षका ती व्यक्तिलाई ठगी, कार्यालय दुरुपयोग गरेको आरोप लगाइएको छ ।

    कार्यालयमा अनुपस्थित हुँदामा पनि पारिश्रमिक दिइरहेपछि अस्पतालमा छ म्यानेजरविरुद्ध पनि कारबाहीका लागि कुनै कदम चालिएको छैन् ।

    प्रहरीको अनुसन्धानले आरोपीले २००५ मा अनुशासनको रिपोर्ट गर्न लागेका व्यवस्थापकलाई धम्की दिएको खुलासा गरेको छ । उजुरी गर्न लागेका व्यवस्थापक पछि सेवानिवृत्त भए र ती कर्मचारी पनि अनुपस्थित भए । प्रहरीले जालसाजी र अनुपस्थितिको अर्को अनुसन्धान गरिरहेको बेला उक्त घटनाको खुलासा भएको थियो ।

    प्रहरीले अनुसन्धानको क्रममा मानव संसाधन विभाग र नयाँ प्रबन्धकले यस मुद्दाका बारेमा कुनै सूचना प्राप्त नगरेको बताएको छ । प्रहरीका अनुसार कसैले पनि आरोपी अफिस किन आउँदैनन भनेर जान्ने कोसिस गरेनन् । अनुपस्थित भए पनि उनले तलब पाउँथे । यस घटनामा अस्पतालका ठूला अधिकारी पनि संलग्न हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ । 

  • सम्बन्धित विषय:

  • # इटाली

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology