वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले आफ्ना प्रतिस्पर्धीबीचको दुरीलाई निरन्तर फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो सार्वजनिक मत परिणामअनुसार साहले ५१ हजार १८५ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेस नेतृ सिर्जना सिंहले ३२ हजार ७९ मत प्राप्त गरेर साहलाई पछ्याईरहेकी छिन् । साह र सिंहबीचको मतान्तर संख्या १९ हजार १०६ रहेको छ ।
यसैगरी मेयरमै उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने ३१ हजार ४९२ मत प्राप्त गरेर साह र सिंहलाई पछ्याईरहेका छन् । महानगरपालिका उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले सुरुवाती अग्रता कायम राखेकी छिन् ।
उनले प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई निकै फाराकिलो मतान्तरलेपछि पारेर जित सुनिश्चित गरिसकेकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij