Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

कृषि विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

कृषि विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

  • 411
    SHARES
  • कृषि विकास कार्यालयका तत्कालिन निमित्त प्रमुखसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि बिकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढा लगायत ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    सिंचाई कुलो निर्माण क्रममा उनीहरूले २३ लाख १० हजार ५९६ रूपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार उनीहरू विरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

    अख्तियारले मुद्दा दायर गरेको अन्यमा कृषि विकास कार्यालय मुगुका तत्कालिन सव–इन्जिनियर राजेन्द्र शाही, ना प्रा स मणिचन्द्र बि.क, जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, तीनमुखेदेखि लुबाबान्न कृषि सिंचाई आयोजना उपभोक्ता समितिका अध्यक्ष बखत बहादुर सेजुवाल, सचिव लाल बहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सहसचिव सुरेश बुढा र छायाँनाथ रारा नगरपालिका–१० का तत्कालीन वडा अध्यक्ष धर्मदत्त सावत रहेका छन् ।

    अख्तियारदे दायर गरेको मुद्दामा उनीहरूसँग २३ लाख १० हजार ५९६ रूपैयाँ बिगो दाबी गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij