Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

औद्योगिक क्षेत्रमा बढाइएकाे भाडा फिर्ता लिन माग

औद्योगिक क्षेत्रमा बढाइएकाे भाडा फिर्ता लिन माग

  • 307
    SHARES
  • औद्योगिक क्षेत्रमा बढाइएकाे भाडा  फिर्ता लिन माग

    काठमाडौं । नेपाल उद्योग परिसंघले औद्योगिक क्षेत्रमा रहेका उद्योगीहरूको बढाइएको जग्गा भाडा तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

    संघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारी नेतृत्वको टोलीले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्त्री दिलेन्त्रप्रसाद बडू र उद्योग सचिव अर्जुनप्रसाद पोखरेललाई भेटेर औद्योगिक क्षेत्र व्यवस्थापनले बढाएको भाडा फिर्ता गरि दीर्घकालीन रूपमा समस्या समाधान गर्न आग्रह गरेको हो ।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ५ मंसिर २०७५ को बैठकले सरोकावालाहरूको असहमति हुँदाहुँदै १ साउन २०७८ देखि लागू हुने गरि अधिकतम ६८७ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

    उद्योगीहरूको असहमति तथा विरोधपछि सो निर्णय तत्काल कार्यान्वयन नगर्न र त्यस सम्बन्धमा विस्ततृ अध्ययन गर्न तत्कालीन उद्योगमन्त्रीले निर्देशन दिएका थिए ।

    तर गत २२ असारमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको बैठकले १ साउन २०७५ देखिकै भाडा असुल गर्ने निर्णय गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij