Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार

राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार

  • 471
    SHARES
  • राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार

    नयाँ दिल्ली । ६ दिनअघि हार्टअट्याक भएर अस्पताल भर्ना भएका भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सुधार भएको छ ।

    एम्स अस्पतालमा भर्ना भएका श्रीवास्तवको स्वास्थ्य अवस्थामा ६ दिनपछि सुधार भएको हो ।

    स्वास्थ्यमा सुधार भए पनि उनी अझै बेहोस नै छन् । उनको टाउकोको एउटा नसा च्यापिएको कारण दिमागमा अक्सिजन पुग्न नसकेको चिकित्सकले बताएका छन् ।

    राजनीतिक भेटघाटका लागि दिल्ली पुगेका श्रीवास्तवलाई जिम गरिरहेका बेला १० अगस्टमा  हार्टअट्याक भएको थियो । राजुका सचिव  गर्वितलाई उद्धृत गर्दै भारतीय सञ्चारले अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएका छन् ।

    कडा हार्टअट्याक भएकाले उनको एन्जीयोप्लास्टी गरिएको थियो । स्वास्थ्यमा सुधार नभएपछि उनलाई लाइफ सपोर्ट सिस्टममा राखिएको छ । उनले आफ्नो औंला हल्लाएको भारतीय सञ्चारमा उल्लेख छ ।

    हालै राजुको एमआइआर गरेपछि चिकित्सकहरूले ठिक हुन केही दिन लाग्ने बताएका छन् । चिकित्सकले स्वास्थ्यमा सुधार हुन १० दिन लाग्ने जानकारी दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij