Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

पाँच हजार घुस लिने खानेपानीका सिनियर प्लम्वरविरूद्ध भ्रष्टाचार मुद्दा

पाँच हजार घुस लिने खानेपानीका सिनियर प्लम्वरविरूद्ध भ्रष्टाचार मुद्दा

  • 359
    SHARES
  • पाँच हजार घुस लिने खानेपानीका सिनियर प्लम्वरविरूद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महांकालचौरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    खुलालले सेवाग्राहीसँग ५ हजार रूपैयाँ घुल लिएको पुष्टी भएको जनाउँदै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

    खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

    टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले खुलाललाई सेवाग्राहीबाट ५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा गत साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij